निर्वाचनमा कहाँ-कहाँ के भयो संक्षिप्त जानकारी

काठमाडौं । अर्घाखाँचीको सन्दिखर्क दुईवटा मतदानस्थलको मतदान स्थगित भए पनि अन्यत्र सबैठाउँमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी सर्लाही, भक्तपुर, स्याङ्जा र अछाममा पनि सामान्य झडपका घटना भएता पनि, त्यहाँका कुनै पनि मतदान केन्द्रको मतदानमा भने अवरोध भएको छैन । निर्वाचन आयोगले विहीबार साँझ पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार करिब ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । निर्वाचनको समग्र स्थिति हेर्दाखेरि शान्ति र भयरहित वातावरण विगतको भन्दा अत्यन्तै राम्रो देखिएको छ ।

प्रदेश नम्बर १ नं अन्तरगतका पहाडी जिल्ला तेह्रथुम र धनकुटामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । तेह्रथुमको मतदान पनि शान्तिपूर्ण रुपमा सम्पन्न भयो । त्यहाँ नेपाली कांग्रेसबाट सीता गुरुङ र वाम गठबन्धनबाट एमाले नेता भवानी खापुङवीच तीव्र प्रतिस्पर्धा देखिएको छ । धनकुटामा पनि कुनै अवरोधविना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको अनि राप्रपा नेता सुनील थापा र एमाले नेता राजेन्द्र राईवीच प्रतिस्पर्धात्मक भोट खसेको जनाएको छ ।

त्यस्तै, इलाम जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । इलाममा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । इलामको मतगणना पनि भोलि बिहानदेखि गरिने आयोगका कर्मचारीहरुले जानकारी दिएका छन् ।

उदयपुरमा ६० प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ । जिल्लामा शान्तिपूर्णरुपमा मतदान भएको छ ।

झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार झापाका ५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान भएको छ । साँझ ५ बजेसम्म ६० देखि ६५ प्रतिशतको बीचमा मत खसेको अनुमान गरिएको छ । झापाको ग्रामीण क्षेत्रको तुलनामा राजमार्ग आसपासको क्षेत्रमा कम मत खसेको छ । दक्षिणी क्षेत्रमा भने बढी मत खसेको सापकोटाको विश्लेषण छ । झापाको बुद्धशान्ति गाउँपालिका–१ को नमूना माविस्थित मतदान केन्द्रबाट १०५ वर्षीय बृद्ध हरिप्रसाद वाग्लेले मतदान गरेका छन् ।

मोरङमा मतगणना भोलि, मतदान शान्तिपूर्ण बिराटनगरमा जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । जिल्लाका शहरी क्षेत्रमा ६० प्रतिशत र पहाडी क्षेत्रमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । साँझ ५ बजेसम्म मोरङका सबै मतदान केन्द्रमा मत खसिसकेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ख मोरङ १ निर्वाचन क्षेत्रमा ६५ प्रतिशत र अन्य निर्वाचन क्षेत्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयममा हुनेछ । मतपेटिका बिराटनगर ल्याएपछि दलहरुसँगको सहमतिमा शुक्रबार बिहानदेखि मतगणनाको काम अघि बढ्न उनले जानकारी दिए । मोरङका उत्तरी क्षेत्र पहाडी इलाका पर्ने भएकाले मतपेटिका शुक्रबार राति १ बजेसम्म सदरमुकाममा ल्याइने उनले बताए । मुख्य निर्वाचन कार्यालय बिराटनगरका अनुसार ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा अधिकांश मतदान केन्द्रहरुमा मतदान प्रक्रिया सहज र शान्तिपूर्णरुपमा सम्पन्न भयो । मतदाताहरुको हसभागिता उत्साहजनक रहेको थियो । जिल्ला ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका १०८ उम्मेदवार छन् । यसैगरी १२ सिट रहेको प्रदेश सभामा ६१ उम्मेदवार चुनावी मैदानमा छन् । मोरङ जिल्लाका विभिन्न मतदान केन्द्रवाट जेष्ठ नागरिक र किरियापुत्रीले समेत मतदान गरे । जसमा बिराटनगरस्थित जनता निमावि मतदान केन्द्रवाट ९३ वर्षीय अम्विका रेग्मीले मत खासालिन् छिन् ।

त्यसैगरी, महेन्द्र मोरङ क्याम्पसवाट किरियापुत्री बसेका मोरङ जिसस प्रमुख नरेश पोखरेलले मतदान गरे । निर्वाचन सम्पन्न गर्न मोरङमा कूल ६ हजार ६४ जना कर्मचारी परिचालन गरिएको थियो । कुल ४ वटा निर्वाचन क्षेत्रहरु रहेको सुनसरी जिल्लामा पनि शान्तिपूर्णरुपमा मतदान भएको छ । धरानको चन्द्र संस्कृत माविमा बिहान साढे ९ बजेतिर सकेट बम फेला परे पनि जिल्लामा कतै पनि अवरोध भएन । जिल्लाका दक्षिणी भेगमा समेत शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको मतदान अधिकृतले जानकारी दिए ।

सुनसरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्रहरु छन् । सुनसरी जिल्लाका दक्षिणी भेगमा चुनावका बेला झडपका घटनाहरु हुने गरे पनि यसपालि त्यस्ता घटना देखिएनन् । सप्तरीमा शान्तिपूर्ण तर, लफडा सधैं निर्वाचनमा झडपका घटनाहरु हुने गरे पनि यसपटक सर्लाहीलाई अपवादमा छाडेर तराईका जिल्लामा त्यस्ता अप्रिय घटना भएनन् ।

सप्तरीको महादेवामा स्थानीय मतदाताहरु मतदान गर्न गएनन् । तथापि जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । सप्तरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको गृहजिल्ला पनि हो । मतदाता परिचयपत्र भएको तर नामावलीमा नाम नभएकाले मतदान गर्न नपाएको हो सर्लाहीमा झडप, ४ घाइते सर्लाहीको कौडेना गाउँपालिकाको फूलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भयो । झडपमा एक महिलासहित तीनजना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । आक्रमणबाट राजपा कार्यकर्ता सरोजकुमार यादव, मनोजकुमार यादव र रामरति देवी यादव घाइते भएका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । झडप भएपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । पर्सा जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका १६७ मतदानस्थल र ३५१ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताएका छन् । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ सरस्वती मावि मतदान केन्द्रबाट दुई जना किरियापुत्रीले मतदान गरेका छन् । ठोरी गाउँपालिका २ चोकबजार निवासी ४४ वर्षीय प्रकाश खनाल र ४० वर्षीय प्रशुराम खनाल दाजुभाइले मतदान गरेका हुन् । बुवाको किरिया बसेका उनीहरुले किरियापुत्रीकै भेषमा मताधिकार प्रयोग गरे । खनाल दाजुभाइका बुवा समाजसेवी हरिप्रसाद खनालको ८३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको बीर अस्पतालमा मंसिर १५ गते निधन भएको थियो । पर्साका धोविनी गाउँपालिकाका नमगढी, गुलरिया, वीरगञ्ज महानगरपालिकाको बेलवा, सुगौली बिर्तामा सामान्य विवाद भएको थियो । तर, मतदान प्रभावित भएन । त्यसबाहेक जिल्लामा शान्तिपूर्ण मतदान भएको छ । ६० देखि ६५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । भक्तपुरमा गडबडी, उपत्यकामा शान्ति राजधानी काठमाडौंसहित उपत्यकाका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सिटका लागि भएको मतदान भक्तपुरको सामान्य घटनालाई छाडेर आमरुपमा शान्तिपूर्ण देखियो । चिसोका कारण शहरी क्षेत्रका मतदाता विहान ९र१० बजे घाम तातेपछिमात्र मतदान केन्द्रमा पुगेका थिए । तर, काँठ र ग्रामीण क्षेत्रमा भने बिहान मतदान शुरु हुँदा मतदाताको लाइन लागिसकेको थियो । भक्तपुरको एउटा मतदान केन्द्रबाहिर भएको झडपबाहेक उपत्यकामा मतदान शान्तिपूर्ण देखियो । काठमाडौ। क्षेत्र नम्बर ९ को लगनमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यमाथि भएको दुव्र्यवहार भएको छ । निर्वाचनको अघिल्लो दिन छैमले, कपनलगायतका ठाउँमा कांग्रेस र वामपन्थी गठबन्धनका कार्यकर्ताबीच झडप भए पनि मतदानको दिन अरु घटना भएनन् । धेरै स्थानमा मतदाताको भीड साँझ ७ बजेसम्म पनि रहेकाले मतदान जारी रह्यो । काठमाडौंका मतपेटिकाहरु संकलन गरेर मतगणनाको सहमति गर्दासम्म राति अबेर हुने भएकाले मतगणना शुक्रबारबाट मात्र शुरु हुनेछ । कास्कीमा करिब ७० प्रतिशत मत खसेको छ । दुई लाख ५५ हजार सात सय ५२ मतदाता छन् । तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । एक नम्बर क्षेत्रको कालिका मतदान केन्द्रमा सामान्य झडप भएको थियो । तर त्यसका कारण मतदान प्रभावित भएन । प्रदेशसभातर्फका केही उम्मेदवारले आफूलाई मतदान गर्न पाएनन् । क्षेत्र नम्बर २ प्रदेशसभा ९क० का दुवै र ९ख० का वाम उम्मेदवार आफूलाई मतदान गर्न पाएनन् । कास्की १ ९क० का वाम गठबन्धनका दीपक कोइराला र ९ख०का रामजी बराल जीवनले पनि आफूलाई मतदान गर्न पाएनन् । आमाको निधनको काजक्रियामा रहेका नयाँशक्तिबाट कास्की १ का प्रतिनिधिसभा उम्मेदवार सौगात पोखरेलले क्रियापुत्रीकै रुपमा मतदान गरे । स्याङजाको चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै वामपन्थी गठबन्धनले पुनःमतदानको माग गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको वाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको आरोप छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र वामपन्थी गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएको हो । सनसक्रिय प्रावि चितापोखरी र कालिका आधारभूत स्कूल तीनपिप्लेमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै सामुन्ने कांग्रेस कार्यकर्ताले मतदाताको हातको मतपत्र खोसेर स्वस्तिक छाप लगाएको प्रत्यक्षदर्शीले बताए । त्यस्तै मल्याकोट मतदानकेन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा सहित आक्रमण गरेपछि उनी ज्यान जोगाउन भागेको एमाले कार्यकर्ताको आरोप छ । तथापि स्याङजाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । र, कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन । कपिलवस्तुबाट पत्रकार बसन्त गिरीले दिएको जानकारी अनुसार प्रदेश नम्बर ५ अन्तरगत पर्ने कपिलवस्तुमा ६८ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार ३ लाख ११ हजार ७ सय मतदाता रहेकोमा २ लाख ११ हजार ८ सय ६० मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७७ प्रतिशत मत खसेको भएपनि प्रतिनिधी प्रदेश सभा निर्वाचनमा भने ९ प्रतिशत कम मत खसेको छ । कुल २३३ मतदानस्थलका ४१० वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको कार्यालय प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिएका छन् । अन्य जिल्लाको तुलनामा कपिलवस्तुबासीले निर्वाचनमा उत्साहजनक सहभागिता जनाएको भन्दै जिल्ला निर्वाचन कार्यालयले मतदातालाई धन्यवाद दिएको छ । निर्वाचनको समयमा कुनै अप्रिय घटना नभएका शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई सफल बनाउन आज जिल्लाभरि ५ हजार ३ सय ५७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । कुल तीनवटा प्रतिनिधि सभा र ६ वटा प्रदेशसभा सिट संख्या रहेको कपिलवस्तुमा २ सय बढी उम्मेद्वार प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालयले आजै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु संकलन गरी सदरमुकाममा राखिने र शुक्रबार दलको रहोबर पश्चात मतगणना कार्य सुरु गरिने जनाइएको छ । कार्यालयका अनुसार प्रतिनिधिसभा १ र २ को मतगणना तौलिहवास्थित बुद्धपद्म मा।वि। भवन र ३ को संस्कृत मा।वि। भवनमा गरिनेछ । दाङमा शान्तिपूर्ण विगतमा झडप भइरहने दाङ जिल्लामा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको आधारभूत विद्यालय दोघरे मतदान केन्द्र नजिकको खालि चौरमा बम विष्फोट भएको थियो । यसैगरी बंगलाचुली गाउँपालिकाको मर्केसमा नक्कली शंकास्पद बस्तु भेटिएको थियो । अन्य सबै जिल्लामा निर्वाचन शान्तिपूर्ण भएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए । सदरमुकाम घोराही लगायतका धेरै मतदाता भएका केन्द्रमा भने पूर्वनिर्धारित समयभन्दा पाँच बजेपछि पनि मतदान चलिरहेको थियो । अर्घाखाँचीका दुई मतदान केन्द्रको मतदान स्थगित मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदानस्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि अर्घाखाँचीका दुई मतदान केन्द्रमा मतदान रद्द गरिएको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित नेटा मतदानस्थलका दुई केन्द्रमा मतदान स्थगित भएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार ती स्थलको मतदान केही दिनभित्रै हुनेछ । मतदान अधिकृतलाई दुव्र्यवहार गर्दै मतपेटिका तोडफोड गरिएकाले मतदान स्थगित गर्नुपरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । प्रदेश ६ मा शान्तिपूर्ण मतदान सम्पन्न दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो । तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं।प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त नायव महानिरीक्षक ९एआईजी०रणबहादुर चन्दले जानकारी दिए । कुनै राजनीतिक दल र उम्मेदवारहरुबाट समेत मतदानका विषयमा कुनै गुनासो नआएको एआईजी चन्दले बताए । ‘कुनै ठाउँ’ मा त्यस्तो केही भएको छैन, एकदमै शान्तिपूर्ण रुपमा मतदान भएको छ,‘एआईजी चन्दले भने,‘उम्मेदवारहरुबाट समेत कुनै कम्प्लेन आएन ।’ तीनवटै जिल्लामा मतदाताहरुले उत्साहपूर्वक मतदान गरेका छन् । सुर्खेतमा ७० प्रतिशत मतदान भएको जनाइएको छ । यस प्रदेशमा पहिलो चरणको चुनाव भएका जिल्लाहरुमा केही घटनाहरु भए पनि दोस्रो चरणमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश ६ का हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुम ९पश्चिम० जिल्लामा भने पहिलो चरण अन्तर्गत गत १० गते नै मतदान भइसकेको छ । प्रदेश नम्बर ७ मा शान्तिपूर्ण मतदान प्रदेश नम्बर ७ को अछाम जिल्लामा सामान्य झडपको घटना भए पनि प्रदेशभरि शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । अछामको चौरपाटी गाउँपालिका–५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्‍यो । दोहोर्‍याएर भोट हाल्न आएको विषयमा विवाद हुँदा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपमा तीनजना घाइते भएका छन् । दुईवटा क्षेत्र रहेको अछाममा मतदानको उत्तरार्धमा केही तनाव भएको थियो । अछामको क्षेत्र नं। १ अन्तर्गतका केही मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको हो । सा“झपख चौरपाटी गाउ“पालिका–५ को लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्तावीच झडप भयो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेस कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा झडप भएको एमाले कार्यकर्ताले आरोप लगाएका छन् । यस्तै क्षेत्र नं। १ मै पर्ने बैजनाथ मावि केन्द्रमा पनि झडप भएको थियो । सोही क्षेत्रमा पर्ने साँफेबगर १० मा पनि कांग्रेस एमालेका कार्यकर्तावीच झडप हुँदा एक जना घाइते भए । अछामको यो क्षेत्रमा एमाले उपाध्यक्ष भीम रावल र कांग्रेसका भरत स्वार प्रतिस्पर्धामा छन् । अछाममा अनुमानित ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डडेल्धुरा जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला रहेको डडेलधुरामा करिब ६५ प्रतिशतको हाराहारीमा मत खसेको जनाइएको छ । बिहानको समयमा जिल्लाका केही ठाउँमा बम भेटिएको हल्ला गरेर आतंकित पारिएको थियो । तर, बम नभएर हल्लामात्रै भएको पुष्टि भएपछि दिनभर शान्तिपूर्ण रुपमा मतदान भयो । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र माओवादीका खगराज भट्ट प्रतिस्पर्धामा छन् । कञ्चनपुरमा करिब ६२ प्रतिशत मतदान कञ्चनपुरमा करिब ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक अनुमान छ । मतदान अवधि सकिएको केही समयसम्म त्यसअघि नै मतदान केन्द्रमा प्रवेश गरेकाहरुले मतदान गरिरहेकाले उक्त प्रतिशत केही बढ्न सक्ने अनुमान छ । क्षेत्र नम्बर २ को वेदकोट नगरपालिका २ बैजनाथमा बिहीबार बिहान विष्फोटन पदार्थ फेला परेको थियो, जुन सेनाले निश्क्रिय पारेको छ । त्यसबाहेक तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । यस पटकको सबै निर्वाचन शान्ति पूण रुपमा सम्पन्न ।

प्रतिक्रिया दिनुहोस्