समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामी खुल्ला

जागरण न्युज
काठमाडौं, ०४ असोज । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले बिहीबार (असोेज ४ गते) सेयर लिलामी बिक्री खुल्ला गरेको छ । माइक्रोफाइनान्सले संस्थापक समूह तर्फको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता गरी जम्मा १६ हजार ५६८ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर आवेदन दिनु पर्नेछ ।
लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज १४ गते सम्म रहेको छ । कम्पनीले गत असार २७ देखि साउन २९ गतेसम्म १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको १६ हजार ५६८ कित्ता सेयर समताले अहिले लिलामीमा ल्याएको हो ।
बोलपत्र फारम बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट भर्न र बुझाउन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।

हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । समता माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्