फेरि बढ्‍यो पेट्रोल र डिजेलको भाउ, के मा कति बढ्यो ?

काठमाडौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ ।

निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले भाउ बढेको निगमको दाबी छ ।

इन्डियन आयल कर्पोरेसनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमको दाबी छ  ।

यसअघि निगमले गत भदौ  २० गते पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्