पहिलो चरणमा भएका निर्वाचनको मतगणना आजै, दोस्रो भोलिदेखि: प्रवक्ता ढकाल

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा मतदान भएका जिल्लाहरुमा आजै बेलुका ५ बजे देखि मतगयाना गर्ने र आज मतदान भएका अधिकांश जिल्लाको मतगणना भोलि (शुक्रबार)बाट मात्र सुरु हुने जनाएको छ ।

आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका मतगणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । उनले आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हुने कुरा बताए ।

आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र मतगणनाको नतिजा निकाल्ने कुरा बताएइ सकेको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले जागरण न्युजलाई जानकारी दिए ।
आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाइ दिएको र अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारि सुरक्षामा कठाई गरिएको बताए ।
केही जिल्लाका सीसीटीभी आवश्यक नभएको प्रवक्ता ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्