एनएमबीको शेयरमा किन झुम्मिदै छन लगानीकर्ता ? के होला कारण ?

जागरण न्युज

काठमाडौं, ०१ असोज । एनएमबी बैंकको शेयरको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण बढी देखिन थालेको छ । गत भाद्र ६ गतेबाट मूल्य बढ्न थालेको बैंकको शेयर सोमबार (असोज ०१ गते) करिव ६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।
एनएमबी बैंकको शेयर केही सातायता देखि नै उच्च कारोबार हुने सूचीमा रहेको छ । बैंकको

nmbमहिनाभरीको कारोबार हेर्दा औषत ७९ हजार कित्ता शेयर किनबेच भएको देखिन्छ । ३०८ रुपैयाँ सम्म रहेकोे शेयरको मूल्य पछिल्लो समय बढ्दै लगभग ३५८ रुपैयाँ पुगिसकेको छ ।
रु.१०० अंकित मूल्य रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम मूल्यसहित ३३३ रुपैयाँमा एफपिओ निष्कासन गरेपछि बैैंकको शेयरको मूल्यमा गिरावट आएको थियो तर बैंकले वित्तीय विवरण सार्बजनिक गरे संगै बैकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका देखिन्छ ।
बैंकले १५ प्रतिशत लाभांस एफपिओले समेत पाउने गरि अघिल्लो बर्षकै नाफाबाट वितरण गरेको थियो । यो आ.ब.मा बैंकले राम्रो मुनाफा गरेको र जगेडाकोष पनि राम्रो भएको कारण लगानीकर्ता आकर्षित भएका हुन ।
बैंकको नियमित नाफाबाटै १५ प्रतिशत लाभांस दिने अवस्थामा बैंक छ एफपिओको प्रिमियमबाट आएको पैसा बोनस शेयरका रुपमा वितरण गर्न सक्छ । त्यसो हुँदा बैंकले २८/३० प्रतिशत सस्म लाभांस दिनसक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ता आकर्षित भएको देखिन्छ ।
बैंकको शेयर सस्तो मूल्यमा आएको छ । थोरै लगानी गरेर पनि २८/३० प्रतिशत लाभांस पाईन्छ भने किन पैसा नलगाउने भन्ने खालका उत्सुकता लगानीकर्तामा बढि देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्