समीट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो बम्पर लाभांश

जागरण न्युज
काठमाडौं, ०१ असोज । समीट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनफाबाट लाभाँस प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सको आइतबार (भाद्र ३१ गते) बसेको सञ्चालक समितिको बैठकले २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी १७ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्षमा ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४ करोड २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्