जनसेवी लघुवित्तले चार करोड २० लाखको आईपिओ निष्काशन गर्ने

जागरण न्युज
काठमाडौं, ०१ असोज । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटडले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख २० हजार कित्ता आईपिओ निष्काशनको गर्नको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा पुगेको छ ।
धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले आइपिओ जारी गरेपछि चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।
वित्तीय संस्थाको हाल अधिकृत पूँजी ३० करोड र जारी पूँजी १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता रहेको छ ।
हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र छ संस्थाले २१ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्