एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

जागरण न्युज
काठमाडौं, ३१ भाद्र । विर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको २१३ औं बैठकले १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको भदौ ३१ सम्पन्न बैंठकले आर्थिक वर्ष २०७४/०७५ सम्मको सञ्चित नाफाबाट सो लाभांश वितरण गर्ने भएको हो । बैंकले अघिल्ला वर्षहरुमा आकर्षक बोनश शेयर तथा नगद लाभांश बितरण गर्दै आएको थियो ।
बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपैयाँ नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त नगद लाभांश राष्ट्र बैंकको स्वीकृती तथा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्