लुम्बिनी विकास बैंकको अघिल्लो वर्षको एजीएम आज, लाभांश नदिने

जागरण न्युज
काठमाडौं, ३१ भाद्र । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७३–७४ को वार्षिक साधारण सभा आइतबार (भदौ ३१ गते) हुँदैछ । बैंकको लाभांश दिने प्रस्ताव पनि छैन । लाभांश नदिने भएपछि सेयरधनी भने दु.खी हुने भएका छन ।
सभामा बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक्वायर वा मर्ज गर्ने प्रस्ताव आएको त्यसको जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा पनि छ ।
साधारण सभा अमृत भोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिबोर क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष ७४–७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने अर्को एजेन्डा राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्