सुर्योदय लघुवित्त वित्तीय संस्थाले दिने भयो ४५ प्रतिशत लाभांश

जागरण न्यूज
काठमाडौं, ३१ भाद्र । सुर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई कम्पनीको चुक्ता पुँजीको ४२.७५ प्रतिशत बोनश शेयर र २.२५ प्रतिशत बराबरको नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ५६ लाख रहेको छ । लघुवित्तले गत बर्ष एक करोड ९३ लाख खुद नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्