छिमेक लघुवित्त वित्तीय संस्थाले दिने भयो ४० प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, २९ भाद्र । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक अनुमोदन र आगामी वार्षिक साधारण सभामा पेश गरिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ १८ प्रतिशत बोनस सेयरपछि पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्