नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

जागरण न्युज
काठमाडौं, २९ भाद्र । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५० प्रतिशत हकप्रद आइतबार (भाद्र ३१ गते) अन्तिम दिन रहेको छ । हकप्रदमा भाद्र ३१ गते आइतबारसम्म आवेदन दिन सकिनेछ ।
लघुवित्तले गत साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः२.५ को अनुपातमा ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
आवेदन बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
साथै सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रदको लागि निवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था छ ।
हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्