साफ च्याम्पियनसिप महिलाको ड्र सार्वजनिक, नेपाल समूह ‘ए’ मा

काठमाडौं, भदौ २९ । बंगलादेशमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।
राजधानी ढाकामा बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा नेपाल, भुटान र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, भारत र श्रीलंका रहेका छन् । महिला साफ च्याम्पियसिपको पाँचौ संस्करण डिसेम्बर २७ देखि २६ तारिखसम्म ढाकामा आयोजना हुने छ ।
यस्तै नेपालमा आयोजना हुने उमेर समूहको साफ च्याम्पियनिसिप अन्तर्गत पुरुष १५ वर्ष मुनिको ड्र पनि बिहीबार नै सार्वजनिक गरिएको छ ।
नेपाल १५ वर्ष मुनिको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र पाकिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा भारत, श्रीलंका र भुटान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्