समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामीमा आउँदै

जागरण न्युज
काठमाडौं, २८ भाद्र । समता माइक्रोफाइनान्सले असोेज ४ गतेदेखि सेयर लिलामी खुला गर्ने भएको छ । माइक्रोफाइनान्सले १६ हजार ५६८ कित्ता सेयर लिलामी खुला गर्ने भएको हो । कम्पनीले संस्थापक समूहतर्फको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूहतर्फको १२ हजार ६६८ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म छ ।
गत असार २७ गतेदेखि साउन २९ गतेसम्म कम्पनीले १ लाख ८९ हजार ६०० कित्ता ९५०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५ हजार ९६७ जनाबाट १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र आवेदन परेको थियो । जस मध्ये १६ हजार ५६८ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो ।
बोलपत्र फारम बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट भर्न र बुझाउन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी सेयर भर्न पाइनेछ ।
हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्री भएपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्