मुक्तिनाथ विकास बैंकले दिने भयो १९.२४ प्रतिशत लाभाँश

जागरण न्युज
काठमाडौं, २८ भाद्र । मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा बराबरको बोनस र नगद लाभांश दिने घोषणा गरेको हो । उक्त बोनस नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ ।
बैंकको बोनसपछि चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म बैकले ५७ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्