कालिका पावर कम्पनीको १२ लाख कित्ता आईपिओ खुल्ला

जागरण न्युज
काठमाडौं, २८ भाद्र । कालिका पावर कम्पनीको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपिओ) खुलेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । आईपिओमा आवेदन छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म गर्न पाईनेछ ।
उक्त आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न सकिनेछ । मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि शेयर आवेदन दिन सक्नेछन् ।
कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएकोे छ ।
कम्पनीले यसअघि गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्