स्वदेशी लघुवित्तले दिने भयो लाभांश, बिक्री हुन बाँकी १००% हकप्रदले पनि पाउने

जागरण न्युज
काठमाडौं, २७ भाद्र । स्वदेशी लघुवित्त वित्तीय संस्थाले गतबर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको मंगलबार बसेको संचालक समितिको बैठकले हाल जारी गरिरहेको हकप्रद शेयरले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजी २३ करोडको १० प्रतिशत हुन आउने दुई करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै कम्पनीले कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ समेत छुट्याएको छ ।
राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांस लगानीकर्ताले पाउनेछन् ।
संस्थाले हकप्रद शेयर प्रयोजनका लागि गत भदौ २५ गते सेयरधनी किताब बन्द गरेको थियो, हकप्रद बिक्री भने खुला गरिसकेको छैन ।
गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्