रिडी हाइड्रोपावर कम्पनीले प्रस्ताव गर्यो बोनस

जागरण न्युज
काठमाडौं, २७ भाद्र । रिडी हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ ।
कम्पनीले असोज २० गते शनिबार १७औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट पारित भएपछि उक्त बोनस सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्