प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेल्धुरा अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

डडेल्धुरामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् ।

जिल्लामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

बिहान हल्का वर्षा भए पनि अहिले आकाश खुलेका कारण मतदाताहरु मतदान केन्द्रतर्फ जान थालेका छन्

प्रतिक्रिया दिनुहोस्