किसान माइक्रोफाइनान्सले दिने भयो २९ प्रतिशत बोनस शेयर

जागरण न्युज
काठमाडौं, २६ भाद्र । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस बर्षको बोनस संस्थाको अघिल्लो बर्षको तुलनामा चार प्रतिशत बढेको हो । अघिल्लो बर्ष संस्थाले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
कम्पनी सञ्चालक समितिको भाद्र २५ गते आइतबार सम्पन्न १०३ औं बैठकले संस्थाको चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको २९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
वित्तीय संस्ताले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएको थियो ।
साथै संस्थाले चुक्ता पूँजी वृद्धि गर्नका लागि ५० प्रतिशत हकप्रद जारी गर्न गत असार १४ गते निवेदन समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्