इन्फिनिटी माइक्रोफाइनान्सले ६ करोड बराबरको आइपिओ निष्काशन गर्ने

जागरण न्युज
काठमाडौं, २६ भाद्र । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड बराबरको आइपिओ निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले आइपिओ निष्काशनका “केयर एनपी आइपिओ ग्रेड ४” प्राप्त गरेको छ । यो केयर रेटिङ औषत रेटिङ हो ।
वित्तीय संस्थाले रेटिङ सकिए सँगै सर्वसाधारणलाई आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि निवेदन दिनु पर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त संस्थाको नवलपुरको गैडाकोटमा प्रधान कार्यालय रहेको संस्थाले गत जेठ र असार संस्थापक शेयरधनीहरुको लागि एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयर निष्काशनसँगै माइक्रोफाइनान्सको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुगेकोे छ ।
गत आर्थिक वर्षमा कम्पनीले एक करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । जगेडा कोषमा ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्