एपीएलमा सन्दीप लामिछाने छानिए, पारस र सोमपाल छानिएनन्

काठमाडौं, भदौ २६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग एपीएलको खेलाडी ड्राफ्टमा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।
सन्दीपलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, मोहमद हफिज, मुस्फिकुर रहिम, जाहिर खान लगायत रहेका छन् ।
कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने ड्राफ्टमा छनोट हुन सकेनन् ।
प्रतियोगिताको नियमानुसार कम्तिमा १ एसोसिएट खेलाडी प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो ।
प्रतिक्रिया दिनुहोस्