पोर्चुगलद्वारा ईटाली पराजित, स्वीडेनमाथि टर्कीको संघर्षपूर्ण जित

काठमाडौं, भदौ २६ ।  युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ ।
गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे ।
जितसँगै पोर्चुगलले तिन राष्ट्र रहेको समूह सि मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको ईटाली पुछारमा रहेको छ ।
पहिलो खेलमा ईटालीले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।
युएफ नेसन्स लिग फुटबलकै अन्य खेलमा टर्कीले स्वीडेनलाई ३–२ ले हराउँदा स्कटल्याण्डले अल्बानियामाथि २–० को जित निकालेको छ ।
यसैगरी मोन्टेनेग्रोले लिथुआनिया तथा कोसोभोले फारो आईल्याण्डलाई २–० ले हराएका छन् । सर्वियाले भने रोमानियासँग २–२ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्