आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चन्द्र भट्ट नियुक्त भएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका भट्ट मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका अनुभव छ ।

आइएमई

पछिल्लो समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध भट्ट रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभव समेत रहेको छ ।
कम्पनी सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवनबीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे ।

 

प्रतिक्रिया दिनुहोस्