समता माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, ५० प्रतिशत हकप्रदले समेत पाउने

जागरण न्युज
काठमाडौं, २५ भाद्र । समता माइक्रोफाइनान्स  वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको भदौ २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र सम्पूर्ण कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले केहि समय अगाडी मात्र बिक्री गरेको ५० प्रतिशत हकप्रदले पनि लाभांश पाउनेछन् । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गर्नेछ ।
कम्पनीले केहि समय अगाडी मात्र ५० प्रतिशत हकप्रद बिक्रि गरेको थियो । हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ५ करोड ६८ लाख पुगेको छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको पुंजी ६ करोड २४ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्