माथिल्लो तामाकोशीको आइपीओमा पर्यो ३ करोड कित्ताका लागि आवेदन

जागरण न्युज
काठमाडौं, २५ भाद्र । माथिल्लो तामाकोशीको आइपीओमा ३ करोड कित्ता सेयरका लागि २ लाख जना लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । यो आवेदन माग भन्दा १ करोड ९४ लाख ९९ हजार ९१० कित्ता धेरै हो । अझै केही स्थानबाट अन्तिम विवरण नआएकाले आवेदक संख्या र कित्तामा केही फरक आउन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो । कम्पनीले अहिले दोलखाबासीका लागि मात्र यो आइपीओ खुला गरेको हो । कम्पनीले अब छिट्टै सर्वसाधारणमा पनि आइपीओ खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्