ज्योति बिकास बैंकले घोषणा गर्यो नगद लाभांश, कति दिने भयो त ?

जागरण न्युज
काठमाडौं, २५ भाद्र । ज्योति विकाश बैंकले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ ।
बैंकको ३१२ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई २१ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो यो भनेको चुक्ता पुँजीको ८.४० प्रतिशत हो ।
यसअघि बैंकले बोनस शेयर तथा हकप्रद शेयर जारी गर्दा खण्डित शेयर रहन गएका शेयरधनीहरुलाई समेत राहत पुग्ने गरी नगद लाभांश प्रस्ताब गरेको छ ।
बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५९ करोड रहेको छ । गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ३० करोड ५१ लाख खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्