युएस ओपन टेनिसमा जोकोभिचको ह्याट्रिक, पुनः विश्व नम्बर एक बन्ने
काठमाडौं, २५ भदौ । वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको यस वर्षको उपाधि सर्वियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
आइतबार राति फ्लसिङ मिडोजमा भएको फाइनलमा हुँवा मार्टिन डेल पोट्रोमाथि ६–३, ७–६ र ६–३ को सोझो सेटमा जित प्राप्त गर्दै जोकोभिचले उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।
३ घण्टा १६ मिनेट कोर्टमा समय बिताउँदै जोकोभिचले करियरको १४ औं ग्राण्डस्लाम जितेर पूर्व विश्व नम्बर १ खेलाडी पिट साम्प्रासको बराबरी गरेका छन् ।
गत अप्रिलमा मात्र ढाडको समस्यापछि कोर्टमा फर्केका ३१ वर्षिय जोकोभिच यो वर्षको अन्त्यमा पुनः विश्व नम्बर १ मै फर्किने सम्भावना बढेको छ ।
हारपछि २९ बर्षका अर्जेन्टिनाका पोट्रोले फाइनल खेलमा टेनिस आइडलसंग खेल्न पाउनु खुशीको कुरो भएको र हारका समयमा यहाँभन्दा बढी बोल्न नसक्ने प्रतिक्रिया दिए ।
जोकोभिच आधुनिक टेनिसमा सर्वाधिक ग्राण्डस्लाम जित्ने सर्वकालिन तेस्रो खेलाडी बनेका छन् । उनी अघि रोजर फेडेरर (२० ग्राण्डस्लाम) र राफेल नाडाल (१७) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्