जानकी फाइनान्स कम्पनीले प्रस्ताव गर्यो २२ प्रतिशत बोनस सेयर

जागरण न्युज
काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
भाद्र २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई २२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।
हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
फाइनान्सले अघिल्लो बर्षको तुलनामा गत असार मसान्तसम्ममा झण्डै ३० प्रतिशत बढी १३ करोड ३८ लाख खुद नाफा गरेको थियो। फाइनान्सको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्