जागरण न्युज
काठमाडौं, २४, भाद्र । स्वदेशी लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आइतबार (भदौ २४ गते) अन्तिम दिन रहेको छ । त्यसैले आइतबारसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रदमा आवेदन गर्न सक्नेछन ।
लघुवित्तले हकप्रद जारी गर्न सोमबार (भदौ २५ गते) बुक क्लोज गर्दैछ ।
कम्पनीले बिक्री प्रबन्धकको लागि एनआइसी एसिया क्यापिटलाई चुनेको छ । लघुवित्तले ११ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदपछि लघुवित्तको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो छ ।
प्रतिक्रिया दिनुहोस्