अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ६ जनाको मृत्यु, १ आनी जीवितै

काठमाडौं, २३ भाद्र । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भई हराएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना र दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार गर्ने प्रयास भईरहेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले सम्पक विहिन हेलिकोप्टर र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टाएको र हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक भन्ने पुष्टी भएको बताए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सु रहेको पुष्टि भएको छ ।

दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो । बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थिया् ।

 

प्रतिक्रिया दिनुहोस्