के तपाइलाई डिप्रेसनको शंका लागेको छ ? यसरी थाहा पाउनुहोस्

मानिस डिप्रेसनको सुरुको अवस्थामा हँुदा मुडमा परिवर्तन आउँछ । प्रायजसो उ दुःखी भएको, रुन मन लागिरहने खालका भावना महसुस भएको पाइन्छ । डिप्रेसनका लक्षणहरूमध्ये कमजोर मुड पनि एक हो ।

त्यस्तै मानिसमा इच्छा सक्ति घट्दै जानु खुसी, आनन्द हराउदै जानु डिप्रेसनको दोस्रो मुख्य लक्षणमा हो । कुनै पनि कुराप्रति चाहना नहुनुका साथै खुसी महसुस हुँदैन । यसले गर्दा दैनिक क्रियाकलाप तथा अन्य महत्वपूर्ण काममा समेत इच्छा सक्ति एकाएक घट्दै जान्छ ।

डिप्रेशनका कारणले मानिसको तौलमा समेत परिवर्तन देख्न सकिन्छ । तौल कसैको बडिरहने त कसैको घटिरहने गर्दछ। प्राय जसो बच्चामा भने तौल बढ्ने गरेको पाइएको छ ।

डिप्रेसन भएको ब्यक्तिमा प्रायजसो राति निद्रा नलाग्ने तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कोहि ब्यक्तिलाई आवश्यकभन्दा बढी निद्रा लाग्ने, कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।

थकान आवश्यक भन्दा बढी हुनुका साथै अत्यन्त कमजोर भएको जस्तो महसुस हुने लक्षण डिप्रेसन भएको व्यक्तिमा देखिने गर्छ । यसले गर्दा कुनै कुरामा एकाग्रता गर्न नसक्ने, निद्रा नपुग्नेजस्ता लक्षण देखिने गर्छ । अत्यधिक थकानले गर्दा शारीरिक परिश्रम गर्नसमेत कठिनाइ हुने गर्छ ।

डिप्रेसन भएका व्यक्ति आफुलाई एकदम हिनता बोद मनमा मृत्युको बिचार मनमा नैरश्यता हुने हुन्छ । आफुले आफुलाई केही नभएको जस्तो हुन्छ ।

डिप्रेसनबाट पीडित ब्यक्तीहरुमा हरेक कुरामा आफुलाई नकारात्मक सोच बिचार गरिरहन्छन् हरेक कुरामा आफु अयोग्य भएको र कुनै पनि जिम्मेवार भुमिका निर्वाह गर्न नसक्ने सोच राख्छन् । हरेक सकारात्मक कुरालाई नकारात्मक लिने तथा पश्चाताप गर्ने हिनताबोद गरिरहने गर्छन् ।

यो एउटा मानसिक रोग हो । यसले व्यक्तिको बानी व्यवहारमा ठूलो नकारात्मक परिबर्तन ल्याइरहन्छ । यसका साथै मानसिक रूपमा अनेकौँ प्रकारका समस्या देखा पर्छन् ।

जब व्यक्तिलाई डिप्रेसन हुन थाल्छ, तव निराशा बढ्छ । मनमा अनेकौँ टेण्सन उत्पन्न हुन थाल्छन् । त्यसैले समयमानै डिप्रेसन पहिचान गरेर यसको राम्रो उपचार गराउन नसकेर यसका रोगीहरु बढ्दै गइरहेको पाइन्छ । डिप्रेसन पहिचानका लागि केही यस्ता आबश्यक लक्षण थाहा हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्