आशिफ शेखको कप्तानीमा यू-१९ टोली घोषणा,अरु को -को परे त ?
काठमाडौं, २२ भाद्र । भारतमा हुने यू-१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार पनि आएका छन् ।
नेपाली टोलीमका त्रिराज दास, रवि शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान छन् । यस्तै भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम छन् ।
नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यू(१९ टिमले खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्