कन्काई विकास बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो त ?

जागरण न्युज
काठमाडौं, २२ भाद्र । कन्काई विकास बैंकले ९.५० प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले १ करोड ५० लाख बराबरको बोनस र ३ करोड २५ लाख बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभाँश वितरण गर्नेछ । बोनस पछि बैंकको चुक्ता पूँजी ५१ करोड ५० लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्