चौतारी लघुवित्तले ५ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न पायो स्वीकृति

जागरण न्युज
काठमाडौं, २१ भदौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो ।
लघुवित्तले धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । लघुवित्तको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
लघुवित्तको गत आव २०७४/७५ को चौथो त्रैमास सम्मको खुद मुनाफा १ करोड २ लाख रुपैयाँ रहेको छ । अघिल्लो बर्षको सोहि अवधिमा संस्थाले ५७ लाख रुपैयाँ मात्र कमाएको थियो । हाल संस्थाको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ४९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्