जनसेवी लघुवित्तले चार करोड २० लाखको आइपिओ निष्कासन गर्ने

जागरण न्युज
काठमाडौं, २१ भाद्र । जनसेवी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले चार करोड २० लाख बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको हो ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा ’इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको हो यो क्रेडिट रेटिङमा औसत भन्दा तलको रेटिङ हो ।
वित्तीय संस्थाले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गर्नु पर्नेछ । यसको लागि संस्थाले अहिलेसम्म बोर्डमा निवेदन भने दिएको छैन ।
बैंक तथा वित्तीय संस्थाको नियमानुसार नेपाल राष्ट्र बैंकबाट संञ्चालन अनुमति प्राप्त गरेको तीन वर्षमा प्राथमिक शेयर निष्कासन गरिसक्नु पर्ने हुन्छ । त्यहि अनुसार नै संस्थाले ४ लाख २० हजार कित्ता प्राथमिक शेयर (आइपिओ) शेयर निष्कासन गर्ने भएको हो ।
लघुवित्तको सर्वसाधारणलाई ४ करोड २० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गरेसँगै संस्थाको चुक्ता पूँजी १४ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्