क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीच उत्कृष्टः सर्जियो रामोस

जागरण न्युज
एजेन्सी, २०, भाद्र । स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीच उत्कृष्ट रहेका बताएका छन् । मोड्रीचको राम्रो प्रदर्शन गरेका कारण क्रोएसियाका मिडफिल्डर नै उपाधिको हकदार समेत रहेको बताए ।
गत साता फ्रान्सको मोनाकोमा भएको यूईएफए अवार्ड समारोहमा मोड्रीचले उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका थिए । रियल म्याड्रिडले पछिल्लो सिजन च्याम्पियन्स लिग जित्दा मोड्रीचको भूमिका महत्वपूर्ण थियो । मोड्रीचकै कप्तानीमा विश्वकप फुटबलको फाइनलमा फ्रान्ससंग ४–२ को हार बेहोरेको क्रोएसियालाई त्यस ठाउँसम्म पुर्याउन मोड्रीच नायक समेत बनेका थिए ।

रोनाल्डो भने मोड्रीचले युईएफए अवार्ड जितेकोमा खुसी थिएनन् । त्यसैकारण समेत उनी अवार्ड समारोहमा समेत उपस्थित भएका थिएनन् । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले भन “मलाई लाग्दैन कि मोड्रीचले अवार्ड जितेकोमा रोनाल्डो दुखि छन् । उनी आफुले नाजितेकोमा दुखि भएको हुन सक्छन ।’
रामोसले थपे, ‘मेरो बिचारमा सो अवार्ड कसैले पाउनु पर्छ त्यो मोड्रीच नै हो । उनी गत सिजनको उत्कृष्ट खेलाडी थिए । ‘ रोनाल्डोभने आफ्नो नयाँ टोलि युभेन्ट्ससंग इटालीमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्