कालिका पावर कम्पनीको आउने भयो १२ करोड बराबरको आईपीओ

जागरण न्युज
काठमाडौं, २०, भाद्र । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । निजी क्षेत्रबाट सञ्चालित यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख
कित्ता आईपीओ निष्कासनमा लेराएको हो । आईपीओमा न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएकोे छ ।
२०६९ साल जेठ १६ गते अनुमतिपत्र पाएको यस कम्पनीको आगामी २९ वर्षसम्मको लागि अनुमतिपत्र बहाल रहने छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
आईपीओमा छिटोमा यही भदौ २८ गतेदेखि असोज १ र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । शेयर आवेदन काठमाडौं क्यापिटल मार्केट र ग्लोवल आइएमई क्यापिटल लिमिटेडबाट वा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आश्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्