साफ च्याम्पियनसिप: आज भारत र श्रीलंका खेल्दै

काठमाडौं, भाद्र २० । साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै छन् । साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुशार पौने सात बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो ।
यसपटक भारतले यू–२३ युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ । अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा यू–१७ विश्वकप खेलेका खेलाडीको राम्रो उपस्थिती रहेको छ ।
आजको खेल जित्ने टिमको सेमिफाइनल जित्ने सम्भावना बलियो हुनेछ ।
यता दक्षिण एसियाका प्रतिद्वन्द्वी भारत र श्रीलंका अहिलेसम्म १५ पटक खेलेका छन । जसमा आठ खेल भारतले जितेको छ भने तीन खेल श्रीलंकाको पक्षमा छ । बाँकी चार खेल बराबरीमा सकिएको थियो ।
पछिल्लो १८ वर्ष यता श्रीलंकाले भारतलाई हराउन सकेको छैन ।
साफ च्याम्पियनसिपमा भने यी दुई टोली ६ पटक खेलेका छन् । जसमा ३ खेल भारतले जितेको छ भने दुई खेल बराबरी र बाँकी एक खेल श्रीलंकाले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्