श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह संलग्नः नेपाल प्रहरी

काठमाडौं । निर्वाचनको समयमा भर्इरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरु हुनुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डीआइजी मनोज न्यौपानेले श्रृंखलावद्ध रुपमा विष्फोटका घटनाहरु हुनमा विप्लव समूहकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रष्ट्याएका छन् ।
विष्फोटसहितका निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लवका ६ सयजना कार्यकर्ता समेत पक्राउ गरेको पत्रकार सम्मेलनमा जाकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा सिके राउतका १३ जना कार्यकर्ता समेत पक्राउ परेका छन् ।
यसरी निर्वाचनलाई लक्षित गरि राजधानी सहित देशैभर वम विष्फोट हुँदै अएको छ । यसरी विष्फोटमा परि विभिन्न नेता तथा कार्यकर्ताहरु घाईते भएका छन् ।
यस घटनालाई राज्यले सुरक्षा संयन्त्रमा कमजोर भएको सर्वसाधराणको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्