आशा लघुवित्तले गर्ने भयो ६ करोड बराबरको आइपिओ निष्काशन

जागरण न्युज
काठमाडौं, भाद्र १९ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले ६ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको छ ।
लघुवित्तले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति माग्दै भदौ १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लघुवित्तले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउँदै आइरहेको छ ।
यस लघुवित्त संस्थाको हाल चुक्ता पुँजी १४ करोड रुपैयाँ छ । संस्थापक तर्फ ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्