‘द बेस्ट’ का शीर्ष तीन खेलाडी सार्वजनिक, मेसी शीर्ष ३ बाट बाहिर

एजेन्सी, भाद्र १९ । अर्जेन्टिनाको राष्ट्रिय टोली एवं बार्सिलोनाका कप्तान लिओनेल मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन् ।

मेसी सन २००६ देखि लगातार शीर्ष ३ स्थानमा पर्दै आएका थिए । उनी १० खेलाडीको प्रारम्भिक सुचिमा भने परेका थिए । यस वर्षको अवार्डका लागि शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो , लुका मोड्रीच र लिभरपुलका मोहमद सलाह रहेका छन ।

शीर्ष तीनमा परेका रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि समेत हात पारेका थिए । मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने सलाह लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । यहि आधारमा मेसीभन्दा बढी अंक जोड्दै तीन खेलाडी अन्तिम ३ सुचिमा पर्न सफल भएका हुन ।

प्रतिक्रिया दिनुहोस्