एसिया कप छनोटः नेपालको खराब प्रदर्शन, हङकङलाई दियो ९६ रनको लक्ष्य

काठमाडौं, भाद्र १९ । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट अन्तर्गत हङकङसँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले हङकङलाई ९६ रनको छिनो लक्ष्य दिएको छ ।
युकेएम ओभर मैदानमा टस जितेर ब्याटिङ्ग थालेको नेपालले ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ९५ रन बनायो । नेपालका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् भने तीनजनाले दोहोरो अंकमा रन बनाएनन् ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए । यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।
हङकङका एहसान खानले चार तथा तनविर अफजल र मोहम्मद अजिज खानले दुई दुई विकेट लिएका छन् । यस्तै एहसान नवाज र नदिम अहमदले एक एक विकेट लिए । नेपाललाई एसिया कपमा छनौट हुने सम्भावना अब लगभाग सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्