नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ६० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, नेशनलको रजिष्टर्ड कार्यालय लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।
कम्पनीले गत साउन १ देखि १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । निर्धारित समयमा हकप्रद नबिकेपछि कम्पनीले यसअघि १५ दिन समय थप गरेको थियो ।
हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्