मतगणना स्थलमा कठाई, उमेद्वार समेत छिर्न नपाउने
काठमाडौं । यस पटकको मतगणना स्थललाई अतिनै सुरक्षित तवर गर्ने भएकोछ । मतगणना स्थलका कोठाको चारैतिर सीसी टिभी, बाहिर प्यासेजमा समेत क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ गर्ने भएको छ ।
निगतको निर्वाचनमा विभिन्न आरोप र घोटलाको दोष खप्दै आएकाले यस पटक सिसि टिभि सहित कोठाकोबीचमा तारजाली सहितको सुरक्षाको व्यवस्था गरि मतगणना गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । मतगणना स्थलमा उमेद्वार तथा कार्यकर्ता पनि पस्न नपाउने गरि काठाई गरिनेको भएकोछ ।
स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा तारजाली नलगाउदा केही जिल्लाहरुमा अप्रिय घटना भएपछि यसपटक अति संवेदनशिल क्षेत्रमा तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको निर्वाचनको कार्यालयले जनाएकोछ । मतगणनामा खटाउने कर्मचारीको पनि सम्पुर्ण व्यवस्था भइसकेको निर्वाचन आयोगका आयुक्त इश्वरी पौडेलले बताए ।
उनले मतगणनास्थलको अबस्थाको बारेमा सबै जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बारेमा जानकारी समेत गराइसकेको बताए ।
निर्वाचन आयुक्त इला शर्माले भोलि हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पूर्ण तयारी पुरा भएकोले मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे । बिहीबार (भोलि) साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि सबै सुरक्षा लगायत कर्मचारीको पबन्ध गरेको कुरा आयुक्त शर्माले जागरण न्युजलाई बताए ।
प्रतिक्रिया दिनुहोस्