साफ सुजुकी कप फुटबल बंगलादेशमा अाजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौँ । साफ सुजुकी कप फुटबलको १२ औं संस्करण मंगलबारबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।

पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको आशमा रहनेछ । किनकी नेपालले यस संस्करणको उपाधि जित्दै पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।

‘हामी यहाँ उपाधिकालागि आएका हौ,’ सोमबार प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिका लागि लड्नेछौ ।’

तर, प्रशिक्षक महर्जनले भनेजस्तो पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यदी पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनलको यात्रा बलियो बन्नेछ । र, नेपाल त्यहीँ लक्ष्य प्राप्तिमा हुनेछ ।

साफमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ । तर, साफको नयाँ संस्करणपछि नेपालले ४ खेल खेलेको छ ।  नेपालले  ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी गरेको छ । एक खेलमा पराजय बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्