एसिया कप छनोटमा नेपाल र हङकङ भिड्दै, को पुग्ला फाइनलमा ?

जागरण न्युज
काठमाडौँ । नेपाल र हङकङबीच हुने मंगलबारको खेलमा पराजित हुने टोली एसिया कप छनोटको फाइनलमा नपुग्दै बाहिरिने छ । त्यसैले दुवै टोली हुने जितको खोजीमा हुनेछ ।
मलेसियामा भइरहेको एसिया कप छनोटको फाइनलमा पुग्न दुवै टोलीलाई जितको आवश्यकता छ । अझ नेपाललाई राम्रो रनरेटमा जित्नैपर्ने बाध्यता समेत रहेको छ । त्यस्तै नेपाल फाइनलमा पुग्न आफुले मात्र जीतेर पुग्दैन, अर्को खेलमा ओमानले पनि युएईलाई हराउनुपर्नेछ । यता हङकङले नेपाललाई पराजित गरेमा करिब करिब फाइनलमा पुग्नेछ ।

छनोट अन्तर्गत मंगलवार हुने यी दुवै खेल एकैपटक हुनेछ । सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिसकेका छन भने बाँकी चार टिम फाइनल पुग्ने होडमा रहेका तर कुनै पनि टिमले फाइनलमा स्थान भने सुरक्षित पारिसकेका छैन ।
एक्लो अपराजित टोली ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने ६ अंक जोडेको युएई दोस्रो र ४ हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ । ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । ओमानलाई फाइनल पुग्न १ अंक मात्र आवश्यक ।
नेपालले अन्तिम खेलमा हङकङलाई हराएर मात्र पनि पुग्दैन युएई ओमानसँग हार्नैपर्छ ।
नेपाल सुरुको दुई खेलमै पराजय बेहवरेपछि नेपाल पछि परेको थियो । त्यसयता भने नेपालले लगातार दुई खेल जित्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । उता पहिलो खेलमा मलेसियासँग अप्रत्यास रुपमा पराजित भएको हङकङले युएईलाई १८२ रनले हराउँदै शानदार कमब्याक र्गयो । त्यसपछि सिंगापुमाथि सहजै जीत हासिल गर्यो । आइतवार ओमान विरुद्धको खेलमा वर्षाका कारण खेल रद्ध भएपछि हङकङले ओमानसँग अंक बाँड्नुर्पयो ।
नेपाल र हङकङबीच अहिलेसम्म १२ खेल भएको छ । जहाँ नेपालले ७ तथा हङकङले ५ खेल जितेको छ ।
प्रतिक्रिया दिनुहोस्