स्पेनिस ला लिगा अन्तर्गत हुएस्काविरुद्ध बार्सिलोनाको ८ गोल

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेको थियो ।
हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २४ औं मिनेटमा जोर्गे पुलिडोको आत्मघाती गोल भएपछि हुएस्का पछि पर्यो । त्यस्तै लुइस सुआरेजले गोल गर्दै खेल ३–१ को स्थितमा पुर्याए । एलेक्स गल्लारले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अन्तर गोल अन्तर भने कम गरे ।
दोस्रो हाफको तेस्रो मिनेटमा ओस्मान डेम्बेलेले सुआरेजको पासमा गोल गरे । त्यसपछि ९ मिनेटको अन्तरमा मेसी र राकीटिचले गोल गर्दै खेल आफ्नो पक्षमा पारे ।
मेसीले ८१ औं मिनेटमा अल्बालाई पास दिए र डिफेन्डरले कुनै गल्ति गरेनन् । अन्तिम सयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई सहज जित दिलाए । यो सिजनको सबैभन्दा फराकिलो जित पनि हो । बार्सिलोनाले यस जितसँगै लिगको शीर्ष स्थानमा अंक बराबर गरेको छ । उता रियलले पनि तीन खेल जित्दै ९ अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्