काबेली विकास बैंकले दिने भयो ३५ प्रतिशत बोनस

जागरण न्युज
काठमाडौं, भाद्र १८ । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीकोे आइतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो ।
बैंकले गत बर्षको नाफाबाट चुक्ता पूँजीको ३५ प्रतिशतको दरले ७ करोड ३७ लाख ६ हजार ६ सय ४० रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक मर्जमा गएकोे २ बर्षसम्म बोनसमा लाग्ने कर तिर्नु नपर्ने व्यबस्था भएकोले बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन । काबेली र माउन्ट मकालु डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर गत जेठ २७ देखि एकीकृत कारोबार थालिसकेको छ ।
हाल बैंकको चुक्ता पूँजी २१ करोड ५ लाख रहेको छ बोनस पछि कम्पनीको चुक्ता पूँजी २८ करोड ४२ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्