मिर्मिरे लघुवित्त वित्तीय संस्थाले दिने भयो २४ प्रतिशत बोनस शेयर

जागरण न्युज
काठमाडौं, भाद्र १८ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २४ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर १.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हालै मात्र वित्तीय संस्थाले बिक्री गरेको १०० प्रतिशत हकप्रदले पनि २४ प्रतिशत बोनस पाउने निर्णय गरेको हो । हकप्रद बिक्री पछि मिर्मिरेले पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुर्याएको छ ।
लघुवित्तको २४ प्रतिशत बोनसपछि चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्नेछ

प्रतिक्रिया दिनुहोस्